काठमाडौं-
गजापट्टीमा इजरायली आक्रमणको विरोधमा सयौं इराकी जनताले प्यालेस्टिनीहरूलाई समर्थन गर्न मध्य बगदादमा प्रदर्शन गरेका छन् ।विभिन्न नारा लगाउँदै ब्यानर बोकेका आक्रोशित प्रदर्शनकारीहरूले अमेरिकी उत्पादनहरूको बहिष्कारको आह्वान गरेका छन् ।
साटै प्यालेस्टिनीहरूलाई उनीहरूको कठिन समयमा साथ दिन अरब र इस्लामिक देशहरूको ऐक्यवद्धताको महत्वमा जोड दिएका हुन् ।