२०८२ असार १७ गते, मंगलवार १६:३०

वीरगन्ज-

वीरगन्जमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु उल्लंघन गरेको आरोपमा प्रहरीले ४० जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले आइतबार बिहान १० बजेसम्म कर्फ्यु उल्लंघन गरेको आरोपमा विभिन्न स्थानबाट ४० जनालाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।

शनिबार भएको घटनाले धार्मिक सद्भाव बिथोल्न सक्ने भन्दै स्थानीय प्रशासनले तनाव व्यवस्थापनका लागि सर्वपक्षीय बैठक आह्वान गरेको छ, जुन जिल्ला प्रशासन कार्यालयमा जारी छ ।

स्थानीय प्रहरी प्रशासनले सूचना जारी गर्दै प्रशासनले तोकेको आदेश विपरीत कार्य गर्नेलाई तत्काल नियन्त्रणमा लिइने र अटेर गरेमा गोली हान्ने आदेशसमेत दिइएकोले अत्यावश्यक कामबाहेक घरबाहिर नजान सर्वसाधारणलाई अपिल गरेको छ ।

प्रहरी नायव उपरीक्षक लम्सालले वीरगन्जको अवस्था सामान्य बन्दै गएको बताएका छन् । कर्फ्यु लगाइएको क्षेत्रमा सुरक्षाकर्मीको व्यापक उपस्थिति रहेको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस