२०८२ असार १७ गते, मंगलवार १५:२६

काठमाडौं-

जोर्डनका राजा अब्दुल्लाह द्वितीय र इन्डोनेसियाली राष्ट्रपति प्रबोवो सुबियान्तोले सोमवार अल–अक्सा मस्जिद विरुद्ध इजरायली उल्लंघनको निन्दा गर्नुभएको छ । जोर्डनको राजधानी अम्मानमा भएको आफ्नो वार्ताको क्रममा दुई नेताहरूले जेरुसेलमको पवित्र स्थलहरूमा ऐतिहासिक र कानूनी यथास्थिति परिवर्तन गर्ने कुनैपनि प्रयासको विरुद्ध चेतावनी दिनुभयो ।

राजाले जेरुसेलममा इस्लामिक र ईसाई पवित्र स्थलहरूको जोर्डनको संरक्षकत्वलाई पनि पुनः पुष्टि गर्नुभयो । सोमवार सयौं इजरायलीहरूले पूर्वी जेरुसेलममा मुस्लिम र यहूदी दुवैले सम्मान गर्ने अल–अक्सा मस्जिद परिसरमा आक्रमण गरेका थिए । उक्त समयमा यहूदी निस्तार चाड मनाउन धार्मिक अनुष्ठानहरू गर्दै थिए ।

हालको व्यवस्था अन्तर्गत परिसरमा गैर–मुस्लिम आगन्तुकहरूलाई अनुमति दिइएको भएपनि उनीहरूलाई त्यहाँ प्रार्थना गर्न अनुमति छैन । दुवै पक्षले रक्षा, शिक्षा, कृषि र धर्म जस्ता क्षेत्रमा सहयोग विस्तार गर्ने बारेमा पनि छलफल गरेका छन् । कतारको भ्रमणपछि सुबियान्तो आईतवार दुई दिने भ्रमणका लागि जोर्डन आइपुग्नुभएको थियो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस