२०८३ श्रावण २० गते, बुधबार २०:५३

पर्सा जिल्ला प्रशासन कार्यालयद्वारा सामाजिक सञ्जालमा फैलाइएका अफवाहहरूबारे सार्वजनिक सूचना जारी

पर्सा-

जिल्ला प्रशासन कार्यालय, पर्साले पछिल्लो समय विभिन्न सामाजिक सञ्जालहरूमा समाजमा द्वेष र उत्तेजना सिर्जना गर्ने गरी सार्वजनिक भएका भ्रामक सूचनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै यस्ता अफवाहहरूलाई विश्वास नगर्न सबैलाई आग्रह गरेको छ। सूचनामा खासगरी पुराना घटनाहरूलाई बंग्याएर वा गलत तरिकाले प्रस्तुत गरी वीरगन्जको परिवेशलाई प्रतिकूल असर गर्ने र वीरगन्जमा नै शान्ति खल्बल्याउने उद्देश्यले असत्य सामग्रीहरू सार्वजनिक भएको पाइएको उल्लेख छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा हस्ताक्षरित सूचनामा यस्ता कार्य गर्ने, शेयर गर्ने, लाइक गर्ने र सामाजिक सद्भाव बिथोल्ने गरी कुनै कार्य गर्ने/गराउने उपर कानून बमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ। साथै, त्यस्ता सामग्रीहरूलाई निरुत्साहित गर्न सम्पूर्णमा अनुरोध गरिएको छ।

विगत केही दिनदेखि वीरगन्जमा सामाजिक सञ्जालमा विभिन्न किसिमका भ्रामक र उत्तेजित पार्ने सामग्रीहरू पोस्ट भइरहेका छन्। यसले गर्दा स्थानीय स्तरमा त्रास र अन्योलको वातावरण सिर्जना हुन सक्ने खतरा बढेको छ। जिल्ला प्रशासन कार्यालयले यस्ता गतिविधिहरूलाई सूक्ष्म रूपमा निगरानी गरिरहेको र दोषी पाइएमा कडा कारबाही गर्ने बताएको छ।

यस सार्वजनिक सूचनामार्फत जिल्ला प्रशासन कार्यालयले सबै नागरिकहरूलाई सामाजिक सञ्जालको प्रयोग गर्दा संयमित र जिम्मेवार हुन आग्रह गरेको छ। कुनै पनि अप्रमाणित वा शंकास्पद सामग्रीलाई शेयर नगर्न र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न पनि अनुरोध गरिएको छ।

प्रतिक्रिया

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

पोडकास्ट सुन्नुहोस