२०८३ बैशाख २ गते, बुधबार ०३:४३

वीरगन्जमा हनुमान जयन्तीको शोभायात्रामा झडप, धार्मिक सद्भाव बिथोल्ने आरोपमा चार पक्राउ, पत्रकारमाथि लाठीचार्ज २ जना घाइते 

वीरगन्ज-

वीरगन्जमा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राका क्रममा धार्मिक सद्भाव बिथोल्ने आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दुई जना हिन्दु र दुई जना मुस्लिम समुदायका व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ।

यसैबीच, पक्राउ परेका हिन्दु युवाहरूको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि धर्नामा बसेका हिन्दु युवा नेताहरूलाई प्रहरीले लाठीचार्ज गरी तितरबितर पारेको छ। प्रहरीको लाठीचार्जका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार अर्जुन गुप्ता  र अनिल  घाइते भएका छन्। अर्जुन लाई टाउकोमा र अनिल लाई खुट्टामा  चोट लागेका पत्रकारको  अहिले वीरगन्जको नरायणी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीको लाठीचार्जपछि आक्रोशित हिन्दु युवा नेताहरूले घण्टाघर नजिक प्रहरीको ज्यादतीको विरोधमा नाराबाजी गरिरहेका छन्। घटनालाई लिएर वीरगन्जको वातावरण तनावग्रस्त बनेको छ।

पर्सा प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। शोभायात्रामा के कारणले झडप भयो र कसले धार्मिक सद्भाव बिथोल्ने प्रयास गर्‍यो भन्ने विषयमा प्रहरीले विस्तृत छानबिन गरिरहेको छ। पक्राउ परेका चारै जनामाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। पत्रकारमाथि भएको लाठीचार्जको घटनालाई लिएर पत्रकार महासंघ लगायतका सञ्चार सम्बद्ध संस्थाहरूले गम्भीर आपत्ति जनाएका छन्।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस