२०८३ जेष्ठ १६ गते, शनिबार १७:३६

पत्रकारको नाममा व्यापारीलाई धम्क्याएर रकम असुल्ने वीरगन्जका विष्णु सर्राफ बारा प्रहरीद्वारा पक्राउ

वीरगन्ज-

जिल्ला प्रहरी कार्यालय बाराले व्यापारीहरूलाई धम्की दिई रकम असुल्ने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१० घडिअर्वा घर भई हाल वीरगन्ज–१६ नवगा टोल बस्ने ४५ वर्षीय विष्णु सर्राफ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार, सर्राफले आफूलाई पत्रकार बताउँदै बारा जिल्लामा व्यापार–व्यवसाय गर्ने व्यक्तिहरूलाई धम्की दिई रकम असुल्ने गरेको सूचना प्राप्त भएको थियो।

सोही सूचनाको आधारमा प्रहरीले विभिन्न माध्यमबाट खोजतलास गर्दै जाँदा आज (बिहीबार) बारा जिल्लाको प्रसौनी गाउँपालिका–३ प्रसौनी गण्डक चोकबाट सर्राफलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ।

पक्राउ परेका सर्राफमाथि धम्की, अभद्र व्यवहार र रकम असुली गरेको आरोपमा थप अनुसन्धान भइरहेको बारा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले जानकारी दिए। प्रहरीले यस्ता गैरकानुनी गतिविधिमा संलग्न अन्य व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिने प्रयास जारी राखेको बताएको छ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस