२०८३ जेष्ठ १६ गते, शनिबार १८:२१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री तथा प्रतिनिधि सभाकी सांसद सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट राजिनामा

काठमान्डौँ-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सहमहामन्त्री तथा प्रतिनिधि सभाकी सांसद सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट राजिनामा दिएको बताउनु भएको छ।

बिहिबार साँझ पार्टीको केन्द्रिय समितिको बैठकमा राजिनामा पत्र बुझाएको बताउनु भएको छ। बैठक पछि बाहिरिने क्रममा सांसद श्रेष्ठले ‘एक व्यक्ति एक पद’ को अवधारणा लागू गर्न सह(महामन्त्री पद छोडेको बताउनु भयो । पार्टीमा जनताको ठूलो आशा र भरोसा रहेको जिकिर गर्दै सांसद श्रेष्ठले पार्टीको जिम्मेवारीबाट मुक्त भए पछि सांसद्को भूमिकालाइ अझ सशक्त रुपमा अघि बढाउने बताउनु भयो ।

पार्टीको आन्तरिक बैठकहरुमा पार्टीले लिने निर्णय पद्दति, एजेन्डा लगायतको विषयमा असन्तोष व्यक्त गर्दै आउनु भएको थियो । जनताले पार्टीमाथि ठूलो आशा राखेको तर, पार्टीले डेलिभरि दिन नसकेको र अहिले पार्टीको क्षमता पनि शून्य जस्तै रहेको सांसद श्रेष्ठले बताउनु भयो ।

यस्तै अब के गर्नुहुन्छ भन्ने संचारकर्मीहरुको प्रश्नमा सांसद श्रेष्ठले अहिलेको राजनीतिक संस्कार चित्त नबुझेकाहरू र बैकल्पिक राजनैतिक शक्तिको वकालत गर्ने सबैको फोरम बन्नु पर्ने साझामंच बन्नु पर्ने आफ्नो धारणा रहेको बताउनु भयो। विकृतिका विरुद्धमा लड्नुपर्छ भन्नेहरु एकै ठाउँमा आउन सक्ने बताउनु भयो।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस