२०८३ जेष्ठ १६ गते, शनिबार १७:३५

कानूनहरु चाँडै पारित गर्नेगरी काम भइरहेको छः मन्त्री चौरसिया

काठमाडौं —

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानूनहरु चाँडै पारित गर्नेगरी काम अगाडी बढेको बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले आगामी दिनमा सम्बन्धित मन्त्रालयको मात्रै विषय समेटेर कानून संशोधनको प्रयास गर्ने बताउनुभएको हो । मन्त्री चौरसियाले सांसद सोविता गौतमले उठाएको विषयमा जवाफ दिँदै आगामी दिनहरूमा सम्बन्धित मन्त्रालयलाई मात्रै समेटेर कानूनहरू ल्याउने बताउनु भयो ।

उहाँले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा धेरै संशोधनहरू रहेको कारणले गर्दा धेरै समय लागेको बताउँदै आगामी दिनमा छिटो पारित हुनेगरी कानूनहरू ल्याउने जिकिर गर्नुभयो ।

मन्त्री चौरसियाले अहिलेको सरकारको कारण नेपाल ग्रे लिस्टमा प¥यो भनेर भाष्य बनाइएको भन्दै आपत्ति जनाउनु भयो ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस