२०८३ जेष्ठ १६ गते, शनिबार १७:३५

डेवाल्ड ब्रेभिसको आईपीएलमा अचानक प्रवेश, धोनीको कप्तानीमा खेल्दै

काठमाडौँ –

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा चेन्नई सुपर किंग्स (सीएसके) को खराब प्रदर्शन र चोटग्रस्त खेलाडीहरूको समस्याले टिमलाई थप संकटमा पारेको छ। टिमले हालसम्म ७ खेल खेलेकोमा मात्र २ खेलमा जित हासिल गरेको छ भने बाँकी ५ खेलमा हार बेहोरेको छ। यसले गर्दा सीएसके अंक तालिकाको नवौं स्थानमा झरेको छ र प्लेअफमा पुग्ने सम्भावना निकै कमजोर बनेको छ।

यसैबीच, टिमलाई अर्को ठूलो झट्का लागेको छ। कप्तान ऋतुराज गायकवाडको कोहनीमा चोट लागेर पुरै सिजनबाट बाहिरिएपछि अर्का खेलाडी गुरजपनीत सिंह पनि चोटका कारण टिमबाट बाहिरिएका छन्। सीएसकेले गुरजपनीतको स्थानमा दक्षिण अफ्रिकी धाकड ब्याट्सम्यान डेवाल्ड ब्रेभिसलाई २.२ करोडमा टिममा भित्र्याएको छ।

डेवाल्ड ब्रेभिस, जसलाई ‘जुनियर एबी डी भिलियर्स’ को उपनाम दिइएको छ, आफ्नो आक्रामक ब्याटिङ शैलीका लागि परिचित छन्। उनले दक्षिण अफ्रिकाका लागि हालसम्म केवल २ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्, जुन सन् २०२३ मा अष्ट्रेलियाविरुद्ध थियो। यी दुई खेलमा उनले खासै प्रभावशाली प्रदर्शन गर्न सकेनन्। यद्यपि, उनले मुम्बई इन्डियन्सबाट आईपीएलमा ७ खेल खेलेका छन्, जहाँ उनले १६१ रन बनाएका थिए। साथै, उनले हालै सम्पन्न एसए२० मा २९१ रन बनाएर छैटौं सर्वाधिक रनकर्ताको स्थान हासिल गरेका थिए, जसमा उनको स्ट्राइक रेट १८४.१७ र औसत ४८.५० थियो।

सीएसकेले सामाजिक सञ्जालमा ब्रेभिसलाई स्वागत गर्दै लेखेको छ, “डेवाल्ड ब्रेभिस अब सुपर किंग्सको हिस्सा” । गुरजपनीत चोटका कारण बाहिरिएपछि यो धाकड ब्याट्सम्यानले टिममा स्थान बनाएको छ।

महेन्द्र सिंह धोनीको कप्तानीमा टिमले अब ब्रेभिसको विस्फोटक ब्याटिङको आशा गरेको छ। तर, अंक तालिकामा माथि उक्लन र प्लेअफको दौडमा फर्कन सीएसकेलाई ठूलो चुनौती छ। ब्रेभिसको आगमनले टिमको ब्याटिङ लाइनअपमा सुधार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस