२०८३ जेष्ठ १६ गते, शनिबार १७:३६

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन सक्नुपर्छः महामन्त्री थापा

काठमाडौं – 

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्नको लागि ‘मिसन रोजगारी’ राष्ट्रिय अभियान सुरु गरिएको बताउनुभएको छ ।

शुक्रवार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले वैदेशिक रोजगारीमा देखिएका समस्याहरुको समाधान गर्नको लागि पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर उक्त अभियान सञ्चालन गरेको दाबी गर्नुभयो ।

उहाँले वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कार र गालीको क्षेत्र बनाउन नहुने बताउनु भयो । उहाँले वैदेशिक रोजगारीमा कस्ता मान्छेहरु गइरहेका छन् भन्नेबारे विश्लेषण गर्न एशोसिएशनसँग सहकार्य गर्न चाहेको पनि बताउनु भयो । महामन्त्री थापाले नेपाली काँग्रेस पार्टीले अब समस्या देखाएर मात्र नहुने भन्दै समाधान दिनसक्नुपर्ने बताउनु भयो ।

नेपाली काँग्रेस पार्टीले नेपालमा रहेको रोजगारीको समस्याको समाधान दिनसक्नुपर्ने भन्दै निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुनुपर्ने बताउनु भयो । मुलुकमा विद्यमान समस्याका सम्बन्धमा पार्टीले रुवाबासी गर्ने नभई समाधान दिनेगरी पार्टीको कार्यशैली र दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउनु भयो ।

नेपाली काँग्रेसले आन्तरिक एवं वैदेशिक रोजगारीको सम्बन्धमा चिन्तन गरिरहेकोले छिट्टै समाधान दिने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस