२०८३ जेष्ठ १६ गते, शनिबार १८:२२

नेपाल प्रहरीको डीएसपी हुँ’ भन्दै रेस्टुरेन्टको बिल नतिर्ने व्यक्ति कास्कीमा पक्राउ

पोखरा–

कास्की प्रहरीले आफूलाई नेपाल प्रहरीको डीएसपी भएको दाबी गर्दै रेस्टुरेन्टको बिल नतिर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका-४, कुडुलेफेदी घर भएका ३२ वर्षीय चन्द्रकान्त पौडेल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माका अनुसार, गत आइतबार राति पौडेल पोखरा महानगरपालिका-८, सृजनाचोकस्थित ढावा रेस्टुरेन्ट एन्ड बारमा पुगेका थिए। उनले त्यहाँ विभिन्न खानेकुरा अर्डर गरेर खाएका थिए। तर, बिल तिर्ने बेलामा उनले आफूलाई प्रहरीको डीएसपी भएको भन्दै धाकधम्की दिएर काउन्टरमा रहेका कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए।

रेस्टुरेन्टबाट प्रहरी कन्ट्रोलमा सूचना प्राप्त भएलगत्तै वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पौडेललाई नियन्त्रणमा लिएको थियो। उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक शर्माले बताए।

 

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस