काठमाडौं –
साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.१४ अंकले घटेको छ। यससँगै नेप्से परिसूचक २६९५.१४ अंकमा कायम भएको छ।
प्रि-ोपन सेसन अवधिमा ५३ कम्पनीका ३,६४६ कित्ता सेयर कारोबार भएका छन्। यो अवधिमा कुल १५ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको नेप्सेले जनाएको छ।

बजार विश्लेषकहरूले प्रि-ओपन सेसनको यो गिरावटले नियमित कारोबार सत्रमा पनि प्रभाव पार्न सक्ने अनुमान गरेका छन्। लगानीकर्ताहरूले बजारको थप गतिविधि र सम्भावित उतारचढावलाई नजिकबाट नियालिरहेका छन्।