२०८३ बैशाख २ गते, बुधबार ०२:०५

मन्त्री गुप्ता: आदिवासी जनजातिप्रति सरकार सकारात्मक, न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घीय मञ्चमा सम्बोधन

काठमाडौँ –

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति नेपाल सरकार सकारात्मक रहेको बताएका छन्। अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा सोमबार आयोजित आदिवासी जनजातिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय स्थायी मञ्चको २४औँ सत्रमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री गुप्ताले यस्तो धारणा व्यक्त गरेका हुन्।

मन्त्रालयका प्रवक्ता कालिप्रसाद पराजुलीका अनुसार, सत्रका क्रममा मन्त्री गुप्ताले विभिन्न देशका उपप्रधानमन्त्री, विदेश मन्त्री र मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। यी भेटवार्ताहरूमा आपसी हित र चासोका विविध पक्षका साथै आगामी दिनमा सम्बन्ध विस्तार र सहकार्यलाई थप बलियो बनाउने विषयमा छलफल भएको उनले बताए।

मञ्चको २४औँ सत्रमा आर्थिक तथा सामाजिक विकास, संस्कृति र वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य र मानवअधिकारसँग सम्बन्धित मुद्दाहरूमा गहन छलफल भएको थियो। यस्तै, संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरू र संयुक्त राष्ट्रसङ्घको प्रणालीभित्र आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्रको कार्यान्वयनमा भएका अभ्यासहरूको पहिचान र चुनौतीहरूबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ।

मन्त्री गुप्ताले यो सत्रमा आदिवासी जनजातिको अधिकारको कार्यान्वयनमा नेपालले गरेका प्रयासहरू र सामना गर्नुपरेका चुनौतीहरूबारे सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनको यो सम्बोधनले नेपालको आदिवासी जनजातिका मुद्दाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा थप उजागर गर्ने अपेक्षा गरिएको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस