२०८३ बैशाख २ गते, बुधबार ०२:०४

परवानीपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक प्रदीप गुप्ताको मृत्यु

पर्सा-

मंगलबार दिउँसो पर्साको परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालक प्रदीप गुप्ताको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।

दुर्घटना वीरगन्ज महानगरपालिका–२१ मा भएको हो, जहाँ ना ६ ख ७६०९ नम्बरको ट्रकले मधेस प्रदेश २–०३–०२१ प ६३०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। प्रहरीका अनुसार ट्रकले मोटरसाइकलसँगै मधेस प्रदेश ०३–००१ द ००५१ नम्बरको ट्र्याक्टरलाई पनि ठक्कर दिएको थियो।

मृतक गुप्ताको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ। दुर्घटनामा संलग्न ट्रकलाई परवानीपुर प्रहरी चौकीमा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस