२०८३ बैशाख १ गते, मंगलवार २३:३०

नयाँ राजनीतिक दलप्रति प्रधानमन्त्रीको टिप्पणीः चलाउन नजान्ने ड्राइभरलाई जिम्मा दिन सकिँदैन

काठमाडौं–

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक दलहरुप्रति लक्षित गर्दै देशको नेतृत्व गर्ने जिम्मा दिन नसकिने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गाडी चलाउन नजान्ने ड्राइभरलाई चलाउने जिम्मा दिन नसकिने उहाँको तर्क छ । उहाँले राजनीति गर्नेहरुले राजनीति गर्न नहुने र राजनीति गर्न नजान्नेलाई राजनीति गर्न दिनुपर्ने कुरा नसुहाउने बताउनु भयो ।

उहाँले राजनीति बुझेका व्यक्तिलाई राजनीतिक डुंगा चलाउन नदिँदा डुंगा डुब्ने खतरा रहेको बताउनु भयो । उहाँले नेकपा एमालेलाई महाप्रलयका साथ हमला गर्दा पनि एमाले माथि उठेर देशको प्रमुख राजनीतिक दल भएको बताउनु भयो । प्रमुख पार्टीका रुपमा आइसकेपछि पनि एमालेलाई नबुझेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले राजनीति कसरी गरिरहेका छन् भन्नेकुरा मनन गर्न पार्टीका नेता-कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस