२०८२ श्रावण ३० गते, शुक्रबार १२:४१

काठमाडौं

गाजाको नागरिक रक्षाकाअनुसार बिहीवार गाजा पट्टीमा धेरै इजरायली हवाई आक्रमणमा  २९ प्यालेस्टिनीको मृत्यु भएको छ । गाजा पट्टीको उत्तरी भागमा रहेको जबालिया शरणार्थी शिविरमा रहेको प्रहरी चौकीलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा मारिएका १० प्रहरी अधिकारीहरू पनि थिए ।

नागरिक रक्षाका प्रवक्ता महमूद बसालले आक्रमणबाट प्यालेस्टिनीहरू घाइते भएको र घरहरूमा क्षति पुगेको बताउनु भयो । इजरायली सेनाले एक प्रेस विज्ञप्तिमा हमास र प्यालेस्टिनी इस्लामिक जिहादको लागि कमाण्ड–एन्ड–कन्ट्रोल सेन्टरको रूपमा काम गर्ने सुविधालाई लक्षित गरेको बताएको छ । इजरायली सेनाका प्रवक्ता एविचे अद्राईले उक्त परिसर इजरायली नागरिक र सैन्य कर्मचारीहरू विरुद्ध आक्रमण समन्वय गर्न प्रयोग गरिएको थियो । हमास र पीआईजे दुवैले अहिलेसम्म आक्रमणको बारेमा टिप्पणी गरेका छैनन् ।

 इजरायलले मार्च १८ मा गाजा पट्टीमा आफ्नो गहन आक्रमणहरू नवीकरण गरेदेखि कम्तिमा १ हजार ९ सय ७८ प्यालेस्टिनीहरू मारिएका छन् । ५ हजार २ सय ७ जना घाइते भएका छन् । जबकि अक्टोबर २०२३ देखि कुल प्यालेस्टिनी मृत्यु हुनेको संख्या ५१ हजार ३५५ पुगेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस