काठमाडौँ –

नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरले वीरहरुले बलिदानी दिएर प्राप्त गरेको लोकतान्त्रि गणतन्त्रलाई सिध्याइदिन्छु भन्ने दुःशाहस नगर्न राजावादीहरुलाई चेतावनी दिनुभएको छ ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले यस्तो चेतावनी दिनुभएको हो । विभिन्न प्रलोभनमा दुई-चार हजार मान्छे जम्मा पारेर तोडफोड, आगजनी र लुटपाट गर्दैमा व्यवस्था नपल्टिने उहाँको भनाइ छ । यदि कसैले तोडफोड, लुटपात र आगजनी गर्दैमा व्यवस्था पल्टाइदिने कुरा गर्छ भने त्यो जत्तिको अराजनीतिक मान्छे अरु कोही नहुने उहाँको जिकिर छ ।
उहाँले अराजनीतिक मान्छेबाट व्यवस्थालाई कुनपनि चुनौती नरहेको समेत बताउनु भयो । उहाँले नेपाली काँग्रेस स्थिरताको पक्षमा दृढतापूर्वक उभिने पक्षमा रहेको बताउनु भयो । अहिले सरकार ढल्ने भनेर भइरहेको चर्चामा कुनै सत्यता नरहेको उहाँको जिकिर छ ।