रक्सौल/गाणेश शंकर –
भारतको रक्सौलस्थित रेलवे ढालानजिक रहेको दलित बस्तीमा गएराति भएको आगलागीको घटनाले १२ भन्दा बढी घर जलेर नष्ट भएका छन्। आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन।
राति अचानक आगो लागेपछि बस्तीमा हाहाकार मच्चिएको थियो। आगलागीको खबर प्राप्त हुनासाथ अग्निशमन टोली घटनास्थलमा पुगेको थियो। तर, आगोको लपेटा तीव्र भएकाले आगो नियन्त्रणमा ल्याउन निकै कठिन भएको थियो। लामो प्रयासपछि बिहान ३ बजे बल्ल आगो नियन्त्रणमा आएको थियो। तर, त्यसबेलासम्म बस्तीका अधिकांश घर जलेर खरानी भइसकेका थिए।

आगलागीबाट भएको क्षतिको विवरण अहिले संकलन भइरहेको छ। पीडितहरूमा अधिकांश नगर परिषदका सरसफाइ कर्मचारीहरू रहेका छन्।