२०८२ असार १७ गते, मंगलवार १६:५०

काठमाडौँ-

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै नराम्रो काम नगर्दा पनि बद्नाम गर्ने काम भइरहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न र नेकपा एमालेको बद्नाम गर्ने काम भइरहेको बताउनुभएको हो । उहाँले एमाले, एमालेको नेतृत्व, विचार र राम्रा कामहरुको बिरोध भइरहेको बताउनु भयो । उहाँले सरकारले अहिले के नराम्रो काम गरेको छ र यत्रो बिरोध गरेको रु भन्दै प्रश्न गर्नुभयो । उहाँले बर्बाद पारेको अर्थतन्त्र र लोकतन्त्रलाई ठिक दिशामा लैजाने काम अहिलेको सरकारले गरिरहेको बताउनु भयो । उहाँले देशका लागि काम गर्दा देश नै बर्बाद बनाएझैँ बिरोध भइरहेको बताउनु भयो ।

देश विकास, सुशासनको बाटोमा अघि बढिरहेको प्रधानमन्त्री ओलीको दाबी छ । अहिलेको सरकारले गरेका कामहरु आफू नेतृत्वमा हुँदा गर्न नसकेपनि छिर्के लगाएर बद्नाम गराउने काममा लागेको बताउनु भयो । नेपालमा राजनीतिका झेली खेलाडीहरु रहेको उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले छिर्के लगाउने, बद्नाम गर्ने, लडाउने, तान्ने, धकेल्ने खेलाडीहरु आफ्नो पछाडि लागिरहेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस