काठमाडौँ-
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै ‘नावाकाद’को संज्ञा दिनुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अध्यक्ष दाहाललाई नाम मात्रैको कम्युनिष्ट भएको आरोप लगाउनुभएको हो । उहाँले विष्णुबहादुर मानन्धरहरुको समूहले विगतमा केशरजंग रायमाझीहरुलाई नावाकादको (नामका वामपन्थी नावा, कामका का, द दक्षिणपन्थी) संज्ञा दिने गरेको उदाहरण प्रश्तुत गर्दै अध्यक्ष ओलीले अहिले पनि नावाकाद रहेको बताउनु भयो । कम्युनिष्ट आन्दोलन ध्वस्त पार्ने उद्देश्यलाई सफल पार्नका लागि आफ्नाबिरुद्ध विभिन्न प्रकारका लाञ्छना र आरोप लगाउने र अर्को सरकार ढल्यो भन्दै हिँड्ने नावाकाद रहेको उहाँको आरोप छ ।

अध्यक्ष दाहालप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका सभापति थाइल्याण्डबाट आएसँगै सरकार ढल्छ भन्नेहरुलाई सभापति देउवाले चिसो पानी खन्याइदिनुभएको र छक्क परेको बताउनु भयो । फेरि दुई चार दिनमा ढलिहाल्छ भनेर गीत गाउने गरेको प्रधानमन्त्री ओलीको अरोप छ । प्रधानमन्त्री ओलीले आफूहरु हरेक कुराबाट शतर्क रहेको दाबी गर्नुभयो ।