२०८२ आश्विन २० गते, सोमबार २३:१०

इजरायली सेनाद्वारा बेरुतको दक्षिणी उपनगरहरूमा हवाई आक्रमण

काठमाडौं–

इजरायली सेनाले बेरुतको दक्षिणी उपनगरहरूमा रहेको हदाथ क्षेत्रमा रहेको एक भवनमा हवाई आक्रमण गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले संयुक्त हिजबुल्लाहले सटीक क्षेप्यास्त्रहरू भण्डारण गरेको पूर्वाधारलाई लक्षित गरी शक्तिशाली हमला गरिएको थियो । इजरायली नेताहरूकाअनुसार ती क्षेप्यास्त्रहरूले इजरायलको सुरक्षाको लागि महत्वपूर्ण खतरा खडा गरेको छ ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीले इजरायली युद्धविमानहरूले तीन क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । इजरायल र हिजबुल्लाह बीचको १४ महिनादेखि सीमापार शत्रुता अन्त्य गर्ने उद्देश्यले नोभेम्बर २७, २०२४ मा लागू भएको युद्धविरामको बावजुद, दक्षिणी लेबनान र बेका उपत्यकामा इजरायली आक्रमणहरू जारी छन् । लेबनानको सरकारी राष्ट्रिय समाचार एजेन्सीकाअनुसार, युद्धविराम भएदेखि इजरायली बम विष्फोट र गोलीबारीमा लेबनानमा १४९ जनाको मृत्यु भएको छ ।

पोडकास्ट सुन्नुहोस