२०८२ असार १७ गते, मंगलवार १६:४९

भजनी-

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अनाथ तथा सहिद परिवारका बालबालिकाहरूको अभिभावकत्व ग्रहण गरेका छन्। भजनी नगरपालिका–५ स्थित कर्मेश्वर माध्यमिक विद्यालयमा आयोजित एक शैक्षिक कार्यक्रमका क्रममा अध्यक्ष दाहालले यो घोषणा गरेका हुन्।

कार्यक्रममा दाहालले अल्पसंख्यक राजी समुदायकी कक्षा ३ मा अध्ययनरत निन्दु राजी र सहिद परिवारकी कक्षा १० मा अध्ययनरत अनिशा थरूनीको अभिभावकत्व ग्रहण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले यी बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्य निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी आफू र आफ्नो पार्टीले बहन गर्ने बताए।

सो अवसरमा अध्यक्ष दाहालले शैक्षिक पात्रो विमोचन गरेका थिए भने निन्दु राजी र अनिशा थरूनीलाई पाठ्य सामग्रीसहितको झोला हस्तान्तरण गरे। कार्यक्रममा स्थानीय समुदाय, विद्यालय परिवार र पार्टीका कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

यो पहलले विपन्न तथा सहिद परिवारका बालबालिकाहरूको शैक्षिक र सामाजिक उत्थानमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस