२०८२ असार १७ गते, मंगलवार १३:५०

काठमान्डौं-

नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकहरुलाई दिनैपिच्छे बानेश्वरको किनारमा प्रदर्शन गर्दै गीत गाउने रुपमा व्यवस्थापन नगरी विद्यालय फर्किने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो बताउनुभएको हो । उहाँले शिक्षकहरु काँग्रेस, एमाले र माओवादीका मात्र नभई समग्र देशका भएको उल्लेख उहाँले शिक्षकका माग सम्बोधन गर्न सरकार गम्भिर हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले शिक्षकहरुका जायज माग सम्बोधन गर्ने विषयमा नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले संसदमा जवाफ दिने वातारण बनाउनुपर्नेमा उहाँको जोड छ । उहाँले गभर्नर नियुक्त नभएर अर्थतन्त्रमा परेको असरबारे व्याख्या गर्नै नसक्ने स्थिति सिर्जना भएको बताउनु भयो । उहाँले सरकारले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेर गभर्नर नियुक्त गर्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस