२०८२ असार १७ गते, मंगलवार १०:५९

काठमाडौं-

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले मुलुकको कुल विद्युत खाँचो स्वदेशी उत्पादनले आपूर्ति गरी वृहत मात्रामा बिजुली निकासी गर्नेकुरा सरकारको उद्देश्य हुनुपर्ने बताउनुभएको छ ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको राजश्वले साधारण खर्च पनि धान्न नसकेको भन्दै देशको युवाहरु विदेशमा गएर बगाएको खुन पसिनाले कमाएको रेमिट्यान्सले जिडिपीको ७५ प्रतिशत वार्षिक सामान आयात गर्ने क्षमता रहेको बताउनु भयो । उहाँले कुल रिजर्भ १५ महिनाको आयात धान्ने क्षमता रहेको बताउँदै जनवरी २०२५ को रिपोर्टअनुसार लगभग १५.६६ बिलियन डलर मुद्राको सञ्चिति भएको बताउनु भयो।

उहाँले भारतबाट विद्युत आयात गरेपनि वर्षा मौसममा २०८१ भदौ ७ मा ७ सय ४४ मेगावाट विद्युत भारतमा निर्यात गरेको बताउनु भयो । उहाँले बंगलादेशलाई ५ महिनाको लागि वर्षात मौसममा ४० मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भएको बताउनु भयो । नेपालसँग ८३ हजार मेगावाट विद्युतको सम्भाव्यता भएको देशले ३५ सय मेगावाट विद्युत उत्पादन गरिरहेको बताउनु भयो । उहाँले यो उद्देश्य प्राप्तिका लागि विदेशी र स्वदेशी लगानीकर्तालाई आकर्षित गर्नुपर्ने बताउनु भयो ।

यसका लागि सजिलो किसिमको नियम कानून र भ्रष्टाचारमुक्त वातावरण लगानी कर्ताले खोजेको बताउनु भयो । यस किसिमको परिस्थिति हालसम्म पनि सरकारले सिर्जना गर्न नसकेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस