२०८२ भाद्र ५ गते, बिहीबार १३:३८

काठमाडौँ –

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण नेपाली श्रमिकहरूप्रति शुभकामना व्यक्त गरेकी छिन्। उनले देशको सामाजिक, आर्थिक र भौतिक विकासमा श्रमिक वर्गको योगदान अतुलनीय रहेको उल्लेख गरिन्।

एक्समार्फत शुभकामना सन्देश जारी गर्दै भण्डारीले अधिकांश नेपाली श्रमिक अनौपचारिक क्षेत्रमा कार्यरत रहेको र उनीहरूको न्यूनतम तलब, सामाजिक सुरक्षा र सुरक्षित कार्यस्थलको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्। उनले विदेशमा कार्यरत श्रमिकहरूको योगदान मुलुकको अर्थतन्त्रको मेरुदण्ड रहे पनि उनीहरू शोषण र जोखिममा रहेको बताइन्।

“बेरोजगारी र युवाशक्तिको विदेश पलायन चिन्ताजनक बनेको छ। महिला र घरेलु श्रमिकहरू अझै उपेक्षित छन्,” उनले लेखिन्। श्रमिक अधिकारको संरक्षण, मर्यादित श्रम, उचित पारिश्रमिक र सामाजिक सुरक्षाका लागि सरकार, रोजगारदाता र ट्रेड युनियनहरूले समन्वयात्मक प्रयास गर्नुपर्ने उनको भनाइ छ।

श्रम कानुनको प्रभावकारी कार्यान्वयनमार्फत श्रमिकहरूको हकहित सुनिश्चित गर्न पूर्वराष्ट्रपति भण्डारीले सबै सरोकारवालालाई आह्वान गरेकी छिन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस