२०८२ भाद्र ५ गते, बिहीबार १३:३७

काठमाडौँ –

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ। निगमको सञ्चालक समितिको बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्यमा कटौती गरेको हो।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाइएको छ। त्यस्तै, एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १५ रुपैयाँले घटे पनि खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य पहिलो वर्गका क्षेत्रहरू (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) मा प्रतिलिटर १५५ रुपैयाँ, दोस्रो वर्गका क्षेत्रहरू (सुर्खेत र दाङ) मा १५७ रुपैयाँ र तेस्रो वर्गका क्षेत्रहरू (काठमाडौँ, पोखरा र दीपायल) मा १५८ रुपैयाँ कायम गरिएको छ।

यस्तै, डिजेल र मट्टीतेलको मूल्य पहिलो वर्गमा १४२ रुपैयाँ, दोस्रो वर्गमा १४४ रुपैयाँ र तेस्रो वर्गमा १४५ रुपैयाँ तोकिएको छ। आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १२१ रुपैयाँ कायम गरिएको छ।

यो मूल्य समायोजनले उपभोक्तालाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस