२०८२ भाद्र ५ गते, बिहीबार १०:४८

वीरगन्ज –

नेकपा एमाले वीरगन्ज महानगर कमिटीको नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको सपथ ग्रहण तथा सम्मान कार्यक्रम आज क्लासिक बैंक्वेट, वीरगन्जमा सम्पन्न भएको छ। बैशाख ६ गते सम्पन्न दोस्रो अधिवेशनबाट निर्वाचित कमिटीलाई आज औपचारिक रूपमा सपथ ग्रहण गराइएको हो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेकपा एमालेका नेता योगेश भट्टराई सहभागी थिए। विशिष्ट अतिथिहरूमा नेपाल सरकारका संघीय मामिला तथा प्रशासन मन्त्री राजकुमार गुप्ता, मधेस प्रदेशका खेलकुद मन्त्री प्रमोद जैसवाल, एमालेका वरिष्ठ नेता जालिम मियाँ, अर्विन्द सिंह, विजय सरावगी, प्रदुमन यादव, सुस्मा कुशवाहा तथा विभिन्न तहका नेताहरूको उपस्थिति रहेको थियो।

सपथ समारोहमा सञ्चारकर्मी के.सी. लामिछाने, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा लगायत समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले नवनिर्वाचित टोलीलाई बधाई दिँदै पार्टी संगठनलाई सशक्त बनाउने जिम्मेवारी सफलतापूर्वक पूरा गर्न शुभकामना व्यक्त गरे। नवनिर्वाचित कमिटीले आगामी दिनमा पार्टीको संगठन विस्तार र जनहितका कार्यमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। #नेकपा_एमाले #वीरगञ्ज #सपथ_ग्रहण #संगठन_विस्तार

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस