२०८२ असार १७ गते, मंगलवार १५:४४

काठमाडौं-

ललितपुरको रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथ पूजा गर्न आज गाःबहालमा दर्शनार्थीको भीड लागेको छ। बिहीबार रथलाई पुलचोकबाट तानेर गाःबहाल पुर्‍याइएको थियो। शुक्रवार बिहानैदेखि रातो मत्स्येन्द्रनाथको दर्शन र पूजा गर्न भक्तजनको घुइँचो देखिएको हो।

रातो मत्स्येन्द्रनाथको रथयात्रा ललितपुरका विभिन्न स्थानमा परिक्रमा गराइन्छ। रथलाई पुलचोक, गाःबहाल, सुन्धारा, महाबौद्ध, चाकुबहाल, लगनखेल, पोडेटोल हुँदै जावलाखेलसम्म पुर्‍याइन्छ। यात्राका क्रममा नरिवल खसाल्ने जात्रा र भोटो देखाउने जात्रा पनि समावेश हुन्छन्। जावलाखेलमा रथ पुर्‍याएपछि भोटो देखाएर जात्रा समापन गरिन्छ। हरेक दिन रथ तानेर पुर्‍याइएको स्थानमा जात्रा मनाइन्छ।

रातो मत्स्येन्द्रनाथको दर्शनले सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास छ। यो नेपालकै सबैभन्दा लामो जात्राको रूपमा प्रसिद्ध छ। मत्स्येन्द्रनाथलाई अवलोकेत्श्वर, बुंगद्यः लगायतका नामले पनि पुकारिन्छ।

पुलचोकमा तयार पारिएको ३२ हात अग्लो रथमा रातो मत्स्येन्द्रनाथलाई रथारोहण गराएको चौथो दिनबाट रथयात्रा सुरु भएको हो। आज गाःबहालमा भक्तजनको भीडले जात्राको रौनक थपिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस