२०८२ असार १७ गते, मंगलवार १६:२३

काठमाडौं-

सरकारले अन्तर्देशीय पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता बढाउने भएको छ ।

शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै यस्तो जानकारी दिनुभएको हो । उहाँकाअनुसार सरकारले ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादनको प्रारम्भिक तयारी गरिनेछ । पेट्रोलमा बायोइथानोल मिश्रणको नीति कार्यान्वयन गरिने बताउनु भयो । उपभोक्ता हितसँग सम्बन्धित संस्थागत व्यवस्था बिस्तार गरिने र कालोबजारी, सिन्डिकेट, कार्टेलिङ आदि नियन्त्रण गरी बजारलाई स्वच्छ, प्रतिष्पर्धी र उपभोक्तामैत्री बनाइने बताउनु भयो ।

सरकरले अत्यावश्यक वस्तु सेवाको आपूर्ति सहज बनाउन भण्डारण क्षमता, मूल्य अनुगमन र गुणस्तर नियन्त्रणमा जोड दिइनेछ। खाद्य सम्प्रभुता सुनिश्चित गर्न राष्ट्रिय खाद्य सुरक्षा भण्डार र सार्क खाद्य सुरक्षा बैङ्कमा आवश्यक परिमाणमा खाद्य भण्डारण गर्ने बताएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस