एर्दोगानले अल–सुदानीसँगको संयुक्त पत्रकार सम्मेलनमा उक्त टिप्पणी गर्नुभयो । टर्कीले इराकसँग बिजुली, प्राकृतिक ग्यास र ऊर्जामा द्विपक्षीय सहयोग पनि विस्तार गर्ने बताउनु भयो ।

इराक–टर्की पाइपलाइनमार्फत तेल ढुवानी पुनः शुरु गर्ने जस्ता मुद्दाहरूमा जोड दिइएको छ । संयुक्त पत्रकार सम्मेलनमा, अल–सुदानीले विकास सडकलाई दुई देशहरू बीचको एकीकरणलाई अझ बलियो बनाउने एक ठूलो अवसर भएको बताउनु भयो । यो दुवै देशहरू र सम्पूर्ण क्षेत्रका लागि महत्वपूर्ण रहेको अल–सुदानीले बताउनु भयो ।

दक्षिणी इराकको अल–फाउ ग्रान्ड पोर्टलाई टर्किएको सीमानामा जोड्ने र युरोपमा बिस्तार गर्ने लक्ष्य राखेको विकास सडक, २०२४ मा इस्तानबुलमा भएको बैठकको क्रममा टर्किए, इराक, कतार र संयुक्त अरब इमिरेट्स बीच चतुर्पक्षीय समझदारी पत्रमा हस्ताक्षर भएपछि आधिकारिक रूपमा शुरु गरिएको थियो ।