२०८३ असार २० गते, शनिबार ११:१४

पाकिस्तानमा भारतको ड्रोन हमलामा १ जनाको मृत्यु, ५ जना घाइते

काठमाडौँ-

बिहीवार बिहानदेखि पाकिस्तानका धेरै स्थानहरूलाई लक्षित गरी भारतले गरेको श्रृंखलावद्ध ड्रोन हमलामा एक जना नागरिकको मृत्यु भएको छ । चार जना सैन्य कर्मचारीसहित पाँच जना घाइते भएको पाकिस्तानी सेनाले बिहीवार जनाएको छ । पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेशन्सले एक विज्ञप्तिमा भनेको छ कि तनाव शुरु भएदेखि इलेक्ट्रोनिक काउन्टरमेजर र काइनेटिक फायरको संयोजन प्रयोग गरेर २५ वटा हारोप ड्रोनहरू खसालिएको छ ।

यसअघि मिडिया ब्रीफिंगमा आइएसपिआरका महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले पूर्वी पञ्जाव प्रान्तको राजधानी लाहोर नजिकैको सैन्य प्रतिष्ठानमा एउटा ड्रोनले आंशिक रूपमा प्रहार गरेको बताउनुभएको थियो । जसमा चार जना कर्मचारी घाइते भएका थिए र उपकरणमा सामान्य क्षति पुगेको थियो । एउटा छुट्टै घटनामा सिन्ध प्रान्तको मियानो क्षेत्रमा एक जना नागरिकको मृत्यु भएको छ र अर्का एक जना घाइते भएका छन् ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस