२०८२ असार १७ गते, मंगलवार १४:०७

वीरगन्ज-

भारतको जम्मु–कश्मीरमा करोडौं रुपैयाँको ठगी आरोपमा फरार अमरजीत सिंह दत्ता हाल नेपालमा बसोबास गरिरहेको खुलासा भएको छ। उनले दत्ता फाइनान्स, दत्ता ट्रेडिंग कर्पोरेशन, भन्ना फाइनान्स इंडिया लिमिटेड, दत्ता फाइनान्स एण्ड ट्रेडर्स र दत्ता वाइन कम्पनीजस्ता संस्थाहरू स्थापना गरी सयौं नागरिकलाई पाँच वर्षभित्र रकम दोब्बर हुने प्रलोभन देखाएर ठगी गरेको आरोप छ।

जम्मु, सम्बा, पुँछ, बरामुल्ला र श्रीनगरका सयौं नागरिकलाई ‘पाँच वर्षभित्र धनराशि दोब्बर हुन्छ’ भन्दै गुरुबचन सिंह दत्ता, उनका छोरा हरपाल सिंह दत्ता र अमरजीत सिंह दत्ताले करोडौं रुपैयाँ हिनामिना गरेको आरोप छ। हरपाल सिंह दत्ता हाल अमेरिकाको टेक्सासस्थित हस्टनमा पेट्रोल पम्प सञ्चालन गरिरहेका छन् भने अमरजीत सिंह दत्ताले झुटो विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेको बताइएको छ।

भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले दत्ता फाइनान्स कम्पनीसँग जोडिएको ठगी प्रकरणमा अमरजीत सिंह दत्ता र उनका भाइ हरपाल सिंह दत्ताविरुद्ध अनुसन्धान तीव्र बनाएको छ। भारतको ‘धनशोधन निवारण अधिनियम (पीएमएलए)’ अन्तर्गत दुवै दाजुभाइविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ। भारतीय अदालतमा दर्ता मुद्दामा अमरजीत सिंह दत्तासहित उनका परिवारका सदस्यहरूमाथि पनि कारबाही प्रक्रिया चलिरहेको छ।

नेपाल भाग्दा अमरजीत सिंह दत्ता उर्फ शौंकी सिंहले वीरगन्जस्थित भारतीय वाणिज्य दूतावासमार्फत भारतीय नागरिकको हैसियतमा वीरगञ्जमा बसोबासको कागज बनाएका थिए। गुरुबचन सिंह दत्ताको मृत्यु हुँदा उनका छोराहरू हरपाल र अमरजीत अन्तिम संस्कारमा समेत सहभागी नभएको खुलासा भएको छ।

दत्ता फाइनान्स मार्फत लुटेको पैसा नेपालमा लगानी, भारतीय प्रहरीको खोजि सूचिमा रहेका छन अमरजीत सिंह

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस