२०८२ असार १७ गते, मंगलवार १७:०८

वीरगन्ज-
पर्सा प्रहरीले जबरजस्ती करणीको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। घटनामा संलग्न अर्को एक अभियुक्त फरार रहेका छन्।

पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–६, बेलहिया निवासी ५० वर्षीय दिनानाथ साह छन्। उनी हाल वीरगन्ज महानगरपालिका–१३, श्रीपुरमा बसोबास गर्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बैशाख २७ गते राति साह र उनका एक सहपाठीले ३४ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेका थिए। प्रारम्भिक अनुसन्धानमा उनीहरूले महिलालाई एक्लो देखेर मुख छोप्दै बलात्कार गरेको खुल्न आएको छ।

पीडित पक्षबाट जाहेरी दर्ता भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। सोही आधारमा साहलाई नियन्त्रणमा लिइएको हो। उनलाई जबरजस्ती करणी सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइएको डिएसपी प्रकाश लम्सालले बताए।

फरार रहेका अर्का अभियुक्तको पहिचान भइसकेको र उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। डिएसपी लम्सालले भने, “घटनाको गम्भीरतालाई मध्यनजर गर्दै फरार अभियुक्तलाई चाँडै पक्राउ गरी कानुनी दायरामा ल्याइनेछ।”

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस