२०८२ असार १७ गते, मंगलवार १०:२१

काठमाडौं—

अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयको अनुसन्धानअनुसार जलवायु परिवर्तन र मानव गतिविधिले तटीय तालहरूलाई नुनिलो बनाउँदैछ । जसले गर्दा तिनीहरूको जैविक विविधता र पारिस्थितिक कार्यहरूलाई खतरामा पार्दैछ । तटीय तालहरू आवश्यक पारिस्थितिक प्रणाली हुन् । जसले माछापालनलाई समर्थन गर्दछ । आँधीबेहरीबाट किनारलाई जोगाउँछ । माछा, क्रस्टेशियन र प्रवासी चराहरूको लागि महत्वपूर्ण बासस्थानको रूपमा मानिन्छ । तिनीहरूको उत्पादकता पोषक तत्वहरू चक्र गर्ने र समृद्ध जैविक विविधतालाई समर्थन गर्ने सूक्ष्मजीवहरूको विविध समुदायमा धेरै निर्भर गर्दछ ।

तर बढ्दो तापक्रम, लामो समयसम्म खडेरी, कम वर्षा र समुन्द्री सतह वृद्धि, पानीको मोडाइ, शहरी विकास, र भूजलको कमी जस्ता मानवीय कारकहरूसँग मिलेर तालहरूलाई हाइपरसालिनिटितर्फ धकेलिरहेको छ । एडिलेड विश्वविद्यालयका क्रिस केनेलीले यो परिवर्तनले शैवाल फूलहरू र नुन–सहिष्णु सूक्ष्मजीवहरूको प्रभुत्व निम्त्याउने बताउनु भयो । जसले कार्बन साइकल चलाउने, पोषक तत्व अवधारण, र हरितगृह ग्यास उत्सर्जन जस्ता प्रमुख प्रक्रियाहरूमा बाधा पु¥याउँछ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस