२०८३ श्रावण १९ गते, मंगलवार १०:५२

सार्वजनिक यातायात हड्तालले यात्रुहरूलाई सास्ती

काठमाडौं –

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ सेवालाई अनुमति दिने नियमावली ल्याएको विरोधमा यातायात व्यवसायीहरूले गरेको देशव्यापी सार्वजनिक यातायात हड्तालले यात्रुहरू मर्कामा परेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले कालो नम्बर प्लेटका सबै यातायातका साधनहरू सातवटै प्रदेशमा नचलाएको बताए। काठमाडौं उपत्यकामा लामो र छोटो दूरीका सार्वजनिक सवारी साधनहरू पूर्ण रूपमा बन्द छन्। राजधानीका सडकहरूमा निजी मोटरसाइकल, कार र केही ट्याक्सीहरू फाट्टफुट्ट चलेको देखिए पनि सार्वजनिक बस, माइक्रोबस र टेम्पोहरू सञ्चालनमा आएका छैनन्। सधैं व्यस्त रहने काठमाडौंका सडकहरू आज बिहानदेखि सुनसान देखिएका छन्।

बस स्टपहरूमा यात्रुहरू गाडीको प्रतीक्षा गरिरहेका छन्। कोही पठाओमार्फत यात्रा गरिरहेका छन् भने कोही पैदलै गन्तव्यतर्फ लागेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अघिल्ला दिनहरूको तुलनामा आज सार्वजनिक सवारी साधन निकै कम चलेको जनाएको छ।

प्रतिक्रिया

‘उद्योगीलाई अपराधीजस्तो व्यवहार’- विराटनगर घटनापछि निजी क्षेत्र आक्रोशित, लगानीको वातावरण बिग्रँदै गएको चेतावनी

विराटनगर- राज्यका निकायले उद्योगी–व्यवसायीलाई सधैं शंकाको दृष्टिले हेर्ने र अनुसन्धानका

‘उद्योगीलाई अपराधीजस्तो व्यवहार’- विराटनगर घटनापछि निजी क्षेत्र आक्रोशित, लगानीको वातावरण बिग्रँदै गएको चेतावनी

विराटनगर- राज्यका निकायले उद्योगी–व्यवसायीलाई सधैं शंकाको दृष्टिले हेर्ने र अनुसन्धानका

पोडकास्ट सुन्नुहोस