२०८३ श्रावण १९ गते, मंगलवार १०:५०

भारतमा कोभिड-१९ नौ दिनमा सङ्क्रमण १४ गुणाले वृद्धि,२१ जनाको मृत्यु

काठमाडौँ –

भारतमा कोभिड-१९ को सक्रिय सङ्क्रमितको सङ्ख्या तीव्र रूपमा बढेर ३,७८३ पुगेको छ। केरलामा सबैभन्दा धेरै १,४०० सक्रिय सङ्क्रमित रहेका छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २२ मे मा २५७ सङ्क्रमित रहेकोमा नौ दिनमा सङ्क्रमण १४ गुणाले बढेको दैनिक भास्करले जनाएको छ।

पछिल्ला दुई दिनमा कोभिड-१९ का कारण २१ जनाको मृत्यु भएको छ, जसमध्ये महाराष्ट्र र केरलामा समान ७/७ जनाले ज्यान गुमाएका छन्। बेङ्गलुरुमा एक ६३ वर्षीय पुरुषको मे ३१ मा मृत्यु भएको छ, जसले कोभिड खोपको दुवै डोज र बुस्टर डोज लिएका थिए।

कर्नाटक सरकारले भीडभाडमा मास्क लगाउन, भौतिक दूरी कायम राख्न र सरसफाइमा ध्यान दिन अनुरोध गरेको छ। ज्वरो, खोकी, छाती दुख्ने वा सास फेर्न गाह्रो भएमा तुरुन्त परीक्षण गर्न सुझाव दिएको छ। स्वास्थ्य विभागले सङ्क्रमण नियन्त्रणका लागि निगरानी र परीक्षणलाई तीव्र बनाएको छ।

विशेषज्ञहरूले बुजुर्ग, बालबालिका र दीर्घरोगीहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। लक्षणहरू देखिएमा तुरुन्त चिकित्सकीय परामर्श लिन र भीडभाडबाट बच्न सुझाव दिइएको छ।

प्रतिक्रिया

‘उद्योगीलाई अपराधीजस्तो व्यवहार’- विराटनगर घटनापछि निजी क्षेत्र आक्रोशित, लगानीको वातावरण बिग्रँदै गएको चेतावनी

विराटनगर- राज्यका निकायले उद्योगी–व्यवसायीलाई सधैं शंकाको दृष्टिले हेर्ने र अनुसन्धानका

‘उद्योगीलाई अपराधीजस्तो व्यवहार’- विराटनगर घटनापछि निजी क्षेत्र आक्रोशित, लगानीको वातावरण बिग्रँदै गएको चेतावनी

विराटनगर- राज्यका निकायले उद्योगी–व्यवसायीलाई सधैं शंकाको दृष्टिले हेर्ने र अनुसन्धानका

पोडकास्ट सुन्नुहोस