२०८३ श्रावण १९ गते, मंगलवार १०:५१

नारायणहिटी हत्याकाण्डको २४औँ स्मृति दिवस: पूर्वराजा वीरेन्द्रलगायत राजपरिवारको सम्झना

काठमाडौं

विसं २०५८ जेठ १९ गते नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डको २४औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। उक्त दिन तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्याकाण्डमा निधन भएको थियो।

हत्याकाण्डपछि अर्ध मूर्छित अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो। दीपेन्द्र अस्पतालमा उपचाररत रहेकाले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको थियो। जेठ २२ गते दीपेन्द्रको निधन भएपछि ज्ञानेन्द्रलाई राजा घोषणा गरिएको थियो।

तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट सम्मिलित दुई सदस्यीय छानबिन समितिले युवराज दीपेन्द्रले हत्या गरी आत्महत्या गरेको निष्कर्ष निकालेको थियो। तर, यो प्रतिवेदनलाई आम नेपालीले स्वीकार गरेका छैनन् र हत्याकाण्डको वास्तविक कारण अझै रहस्यमय छ।

यस दुखद घटनाको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरिएको छ। योगी नरहरिनाथ आध्यात्मिक परिषद्ले जावलाखेलस्थित पूर्वराजा वीरेन्द्रको सालिकमा माल्यार्पणसहित श्रद्धाञ्जलि सभा आयोजना गरेको छ। देशभरका विभिन्न स्थानमा पनि पूर्वराजा वीरेन्द्र र राजपरिवारको सम्झनामा श्रद्धाञ्जलि कार्यक्रमहरू भइरहेका छन्।

प्रतिक्रिया

‘उद्योगीलाई अपराधीजस्तो व्यवहार’- विराटनगर घटनापछि निजी क्षेत्र आक्रोशित, लगानीको वातावरण बिग्रँदै गएको चेतावनी

विराटनगर- राज्यका निकायले उद्योगी–व्यवसायीलाई सधैं शंकाको दृष्टिले हेर्ने र अनुसन्धानका

‘उद्योगीलाई अपराधीजस्तो व्यवहार’- विराटनगर घटनापछि निजी क्षेत्र आक्रोशित, लगानीको वातावरण बिग्रँदै गएको चेतावनी

विराटनगर- राज्यका निकायले उद्योगी–व्यवसायीलाई सधैं शंकाको दृष्टिले हेर्ने र अनुसन्धानका

पोडकास्ट सुन्नुहोस