२०८२ असार १७ गते, मंगलवार १३:३८

काठमाडौँ-

भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादी पार्टीले संसद अवरुद्ध गरिरहेका छन्। सभामुख देवराज घिमिरेले सदन खुलाउन प्रमुख प्रतिपक्षी दल र सत्तापक्षका प्रमुख सचेतकहरूसँग पटकपटक छलफल गरे पनि उनको प्रयास सफल हुन सकेको छैन।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने र उक्त समितिको प्रतिवेदन सार्वजनिक नभएसम्म गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान राखेका छन्।

यता, सत्तापक्ष भने गृहमन्त्रीको राजीनामाबाहेकका विकल्पमा विपक्षीलाई मनाउने प्रयासमा छ। गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्ने अडान सत्तापक्षले राखिरहेको छ। यही अडानका कारण मंगलबार प्रतिनिधि सभाको बैठक बस्न नसकी स्थगित भएको थियो।

सभामुख घिमिरेले सहमतिका लागि निरन्तर प्रयास गरिरहे पनि विपक्षी दलहरू छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामाको सर्तबाट पछि नहट्ने बताएसँगै संसदको गतिरोध कायमै रहने देखिएको छ। यसले महत्वपूर्ण विधेयकहरूमाथिको छलफल र संसदीय प्रक्रियामा असर पारेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस