२०८२ असार १६ गते, सोमबार २०:२४

कर्नाटक, बैंगलोर –.

रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले १८ वर्षपछि इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको खुसीयाली मनाउने क्रममा चिन्नास्वामी स्टेडियम बाहिर भएको भागदौडमा १० जनाको मृत्यु भएको छ। कर्नाटक राज्य क्रिकेट संघद्वारा आयोजित टिम सम्मान समारोहमा हजारौं समर्थक सहभागी थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार, समर्थकको अत्यधिक भिडका कारण स्थिति नियन्त्रणबाहिर गएपछि धक्कामुक्की र भागदौड मच्चिएको थियो। प्रहरीले अवस्था नियन्त्रण गर्ने प्रयास गरे पनि केही समर्थक गम्भीर घाइते भए, र १० जनाको ज्यान गएको पुष्टि भएको छ।

यो घटनाले बैंगलोर शहर शोकमा डुबेको छ। आरसीबीको ऐतिहासिक जितको उत्सवमा रमाइरहेका प्रशंसकहरूमाझ यो त्रासदीले सबैलाई स्तब्ध बनाएको छ। प्रहरीले घटनाको छानबिन शुरू गरेको छ, र आयोजकहरूलाई भविष्यमा यस्ता कार्यक्रममा भीड व्यवस्थापनमा कडाइ गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस