२०८२ आश्विन २० गते, सोमबार १८:३२

बदलाको भावनाले म माथि भ्रष्टाचारको मुद्दा दायर गरियो, चुनौतिको सामना गर्छुः अध्यक्ष नेपाल

काठमाडौं- 

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बदलाको भावनाले आफूमाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको बताउनुभएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको राजनीतिमा आफ्नो पार्टीको भुमिका महत्वपूर्ण रहेकाले त्यसलाई देखेर ईष्या गर्नेहरु आत्तिएको बताउनु भयो । उहाँले पार्टीको भुमिका देखेर आतंकित भएको बताउँदै पूर्वाग्रह राखेर मुद्दा चलाएको बताउनु भयो । आफूले कसैसँग एक रुपैयाँ घुस लिएको भए एक दाम जग्गा घुस लिएको भए, अनुचित काम गरेको भए,देश र जनतालाई नोक्शान हुने कुनै काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको बताउनु भयो । आफूमाथिको चुनौतिको सामना गर्ने बताउनु भयो ।

अध्यक्ष नेपालले असल उद्देश्यका गरिएको काममा आत्तिनुपर्ने आवश्यकता नरहेको जिकिर गर्नुभयो । आफूबाट कुनै भ्रष्टाचारजन्य काम नभएको दाबी गर्नुभयो । विचार र मन मिलेन भन्दैमा शत्रुता राख्न नहुने बताउनु भयो ।

पोडकास्ट सुन्नुहोस