२०८२ पुष २७ गते, आईतवार २०:३२

माओवादीलाई काँग्रेस सांसद निधीको आग्रहः संसदीय प्रणालीमा आइसक्नुभयो, अब नियमानुसार सभा सञ्चालन गर्न दिनुस्

काठमाडौं-

नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले संसदीय प्रणालीको नियमअनुसार संसद सञ्चालन गर्न दिन प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सँग आग्रह गर्नुभएको छ ।

आईतवार भक्तपुरमा शहीद राधेश्याम जोन्छेको १३ औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले माओवादीकै हातमा संसद चल्न दिने वा नदिने भन्नेकुरा निर्भर रहेको बताउनु भयो । संसदीय प्रणालीमा आइसकेपछि संसदीय प्रणालीको नियमअनुसार संसद सञ्चालन गर्न दिन आग्रह गर्नुभयो । उहाँले भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको र छानविन भइरहेको बेलामा राजीनामा माग गरेर संसद अवरुद्ध गराउनु राम्रो कुरा नभएको बताउनु भयो ।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेमाथिको जस्तो मुद्दा नरहेको र वर्तमान गृहमन्त्री रमेश लेखकमाथि कुनै आरोप समेत नलागेको बताउनु भयो ।

उहाँले राजा फर्काउने कुरा निरर्थक रहेको बताउनु भयो । नेपाली जनताले पटक पटक राजालाई साथ दिएको भन्दै जति साथ दिएपनि त्यसको बदलामा जनताको अधिकार खोसेर धोका दिनुभएको बताउनु भयो । नेपालमा राजतन्त्र नचाहिने भन्दै राजतन्त्र फर्किन नदिने बताउनु भयो ।

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

पोडकास्ट सुन्नुहोस