२०८२ असार १७ गते, मंगलवार १०:५८

काठमाडौं-

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुटबन्दीलाई प्राथमिकता नदिन अनेरास्ववियुलाई आग्रह गर्नुभएको छ ।

आईतवार अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन उद्घाटन सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक पद्धतिमा जान छुट भएपनि गुट बनाएर प्रतिष्पर्धा नगर्न आग्रह गर्नुभएको हो । उहाँले माधव नेपालतर्फ इंगित गर्दै एकीकृत समाजवादी गुटगत प्रवृत्तिको उपज भएको दाबी गर्नुभयो ।

एमालेमा तीन दशकसम्म नेतृत्व गरेकाहरुले नै एमालेलाई धुलोपिठो बनाउँछौं, टर्च बालेर खोज्नुपर्ने बनाइदिन्छौं भन्दै हिँड्ने अवस्था गुटबन्दीकै परिणाम भएको उहाँको भनाइ थियो । प्रधानमन्त्री ओलीले विद्यार्थीलाई एकतावद्ध भएर जान आग्रह गर्दै एकतावद्ध हुनसक्ने अवस्था नभएमा लोकतान्त्रिक पद्धतिमा जाने छुट भएको तर, लोकतन्त्रका नाममा गुटबन्दी गर्ने छुट कसैलाई नभएको स्पष्ट पार्नुभयो ।

उहाँले पार्टीभित्र झ्याम्टा बजाइ भयो भने लोकतन्त्र हुने र झ्याम्टा बजाई भएन भने लोकतन्त्र नहुने भन्ने तर्क उचित नभएको भन्दै पार्टीभित्र र बाहिर फाटो ल्याउने तत्वहरु सक्रिय रहेकाले सचेत रहन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस