२०८२ असार १७ गते, मंगलवार २०:४०

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी र प्रतिगमनकारी शक्तिहरूविरुद्ध सशक्त रूपमा उभिन युवा संगठन वाईसीएललाई निर्देशन दिएका छन् । सोमबार बिहान खुमलटारमा वाईसीएलको नवनिर्वाचित ७५ सदस्यीय पदाधिकारी टिमलाई स्वागत गर्दै उनले गणतन्त्र, संघीयता र संविधानका उपलब्धिहरूलाई उल्ट्याउने षड्यन्त्रविरुद्ध सजग र सक्रिय रहन आह्वान गरे ।

प्रचण्डले भने, “प्रतिक्रियावादी र प्रतिगमनकारीहरूले हाम्रा उपलब्धिहरूलाई उल्ट्याउन षड्यन्त्र गरिरहेका छन् । जनयुद्ध, माओवादी, युवा, वाईसीएल र जनमुक्ति सेनाको भूमिकालाई अपमानित गर्ने प्रयास भइरहेको छ । तपाईंहरूको टिम जनरल स्टाफ जस्तै हो । पार्टीको नेतृत्व र आदेशमा तपाईंहरूले सबै खाले प्रतिगमनविरुद्ध खरो र दह्रो रूपमा उभिनुहुनेछ भन्ने विश्वास लिएको छु ।”

उनले विधान संशोधन गरेर बनाइएको ७५ सदस्यीय पदाधिकारी टिमले संगठनमा क्षमताको केन्द्रिकरण गरेको बताए । “पहिलेभन्दा बढी पदाधिकारी बनाइयो, तर यसले क्षमताहरूको केन्द्रिकरण गरेको छ । यसले वाईसीएललाई गतिशील, चुस्त र दुरुस्त बनाउनेछ,” उनले थपे । विधान पारित भएको भोलिपल्टै संशोधन गरिएको विषयमा आलोचना भएको उल्लेख गर्दै उनले सहमतिमा काम भएकोले चिन्ता लिनु नपर्ने बताए ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस