कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहितका नेता–कार्यकर्ताहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौं –
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहितका नेता–कार्यकर्ताहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारस्थित आफ्नो निवासमा आयोजित कार्यक्रममा उनीहरूलाई पार्टीमा स्वागत गरे।

स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रप्रति आकर्षण बढ्दै गएको दाबी गरे। उनले पार्टीमा समायोजन हुने नेता–कार्यकर्तालाई उचित जिम्मेवारी प्रदान गरिने बताए। माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको उल्लेख गर्दै प्रचण्डले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान विगतका गल्ती–कमजोरी सच्याउँदै जनतासँग जोडिने अभियान सञ्चालन भइरहेको जानकारी दिए।
उनले यस्ता पार्टी प्रवेश र समायोजनले अभियानमा थप ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे। प्रचण्डको सचिवालयका अनुसार यो समायोजनले माओवादी केन्द्रको अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।