२०८२ आश्विन २० गते, सोमबार १८:४९

पनौतीमा शुरु भयो १४२१ वर्ष पुरानो हिले जात्रा

चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा विधिपूर्वक पूजा–आराधना गरिन्छ। विशेषगरी इन्द्रेश्वर महादेव मन्दिरको पूर्वपट्टि रहेको महेश्वर गणेशको खट बोकेर नगर परिक्रमा गरिन्छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  परम्परागत हिले जात्रा सुरु: पनौतीमा १४२१ वर्षदेखि मनाउँदै आएको हिले जात्रा यस वर्ष जेठ २७ गतेबाट सुरु भई २८ गतेसम्म विविध धार्मिक परम्परासहित मनाइँदैछ।
  • मुख्य आकर्षण र धार्मिक कथा: जात्राको मुख्य आकर्षण तीन रथको दौड र जुधाइ हो, जुन भद्रकाली, महादेव र इन्द्रेश्वरसँग सम्बन्धित धार्मिक आख्यानमा आधारित छ।
  •  सांस्कृतिक गतिविधि र बिदा: पूजापाठ, रथ तान्ने, सांस्कृतिक कार्यक्रम तथा पाहुनाको स्वागतको परम्परा चल्दै आएको छ र पनौती नगरपालिकाले जात्राको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ।

काठमाडौं –

काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा सांस्कृतिक शहर पनौतीमा १४२१ वर्षदेखि परम्परागत रूपमा मनाउँदै आइएको हिले जात्रा यस वर्ष पनि शुरु भएको छ ।

जात्रा जेठ २७ गतेबाट औपचारिक रूपमा शुरु भई २८ गतेसम्म चल्नेछ । परम्पराअनुसार पुण्यमती खोलामा नागको प्रतिक स्वरूप दुईवटा बाँस तेस्र्याइएपछि नगरका देवगण (दुइचा न्याकेगू) ले पानी तरेर जात्रा शुरु भएको मानिन्छ । राति भद्रकालीको रथ तानिने, गैंडु पूजा गरिने, विशेष होम सञ्चालन हुने परम्परा रहेको छ । चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा विधिपूर्वक पूजा–आराधना गरिन्छ। विशेषगरी इन्द्रेश्वर महादेव मन्दिरको पूर्वपट्टि रहेको महेश्वर गणेशको खट बोकेर नगर परिक्रमा गरिन्छ ।

साँझपख भद्रकालीको रथ तानेर चक्र पूजा गरिन्छ । पूर्णिमाको दिन जात्राको मुख्य आकर्षण— तीनवटा रथको दौड र जुधाइ — आयोजना गरिन्छ । भद्रकाली, महादेव र इन्द्रेश्वरका रथहरूलाई बजारमा दौडाउन थालिन्छ र अन्त्यमा तीनै रथलाई आपसमा जुधाइन्छ । स्थानीय परम्पराअनुसार यो रथजात्रा देवतारूपी पात्रहरूको काम–क्रीडासँग सम्बन्धित धार्मिक आख्यानमा आधारित छ । मान्यताअनुसार भद्रकाली देवी ६४ योगिनीको रूप धारण गरी महादेवलाई लखेट्छिन् । महादेव त्रिवेणीमा लुक्न पुग्छन् तर भद्रकालीले नछाडेपछि भैरवको रूपमा रूपान्तरण भई देवीलाई पछ्याउँछन् ।

अन्ततः भद्रकाली चारैतिरबाट घेरिन्छिन् र रथ जुधाइ त्यही प्रसंगको प्रतिक हो । जात्रामा सहभागी हुन आएका स्थानीय र बाहिरी पाहुनाहरूको स्वागतका लागि घर–घरमा बलि दिने, पाहुना भित्र्याउने, चिउरी र केरा खाएर घुम किन्ने परम्परा अझै कायम छ । जात्रा सकिएको भोलिपल्टैदेखि रोपाईं शुरु गरिन्छ । पूजापाठ, देवगणको शोभायात्रा, रथ तान्ने, अबीर जात्रा, सांस्कृतिक कार्यक्रमहरू हुने भएकाले पनौती नगरपालिकाले मंगलवार र बुधवार सार्वजनिक बिदा समेत दिएको छ ।

पोडकास्ट सुन्नुहोस