२०८३ असार २९ गते, सोमबार १९:२१

नागरिकता सम्बन्धी विधेयकलाई छिटो पारित गरौँः उपसभापति खड्का

छलफलमा भाग लिँदै उपसभापति खड्काले सरकारले समितिमा ल्याएको नागरिकता सम्बन्धी विधेयकले के विषयलाई समेट्न खोजेको हो रु त्यो विषय स्पष्ट पारेर छिटो पारित गर्नुपर्ने बताउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  विधेयक छिटो पारित गर्न आग्रह: नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नागरिकता सम्बन्धी विधेयकलाई स्पष्ट पारेर छिटो पारित गर्नुपर्ने माग गर्नुभयो।
  • सेवाग्राहीलाई लाभमा प्राथमिकता: नागरिकले समयमा आवश्यक सुविधा पाउन सकून् भन्ने हेतुले विधेयक प्रक्रियालाई ढिलो नगरिनुपर्ने उहाँको भनाइ छ।
  • एनआरएनको नागरिकता मुद्दा: उपसभापति खड्काले गैरआवासीय नेपाली (एनआरएन) का लागि नागरिकता सम्बन्धी विधेयक पनि छिटो ल्याउन आग्रह गर्नुभयो।

काठमाडौं –

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नागरिकता सम्बन्धी विधेयकलाई छिटो पारित गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । समितिमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा छलफल जारी छ । छलफलमा भाग लिँदै उपसभापति खड्काले सरकारले समितिमा ल्याएको नागरिकता सम्बन्धी विधेयकले के विषयलाई समेट्न खोजेको हो रु त्यो विषय स्पष्ट पारेर छिटो पारित गर्नुपर्ने बताउनु भयो ।

तत्काल सेवाग्राहीले पाउनुपर्ने लाभ, सरकारले दिन खोजेको लाभ समयमै पाओस् भन्नेतिर बढी जोड दिनुपर्ने बताउनु भयो । संवेदनशीलताको नाममा सदैव जटिलतामा नागरिकलाई पारिरहने काम गर्न नहुने बताउनु भयो ।

उपसभापति खड्काले एनआरएनएका लागि पनि नागरिकता सम्बन्धी विधेयक छिटो ल्याउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस

दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस

पोडकास्ट सुन्नुहोस