२०८२ भाद्र २ गते, सोमबार १८:०५

रोजि राणा—प्रभु शमशेर राणा निजी गुठीद्वारा जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ७ मा निर्माण गरिएको उक्त सिंचाई पोखरीबाट सयौं हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने बताइएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  सिंचाई पोखरी उद्घाटन: पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयेन्द्र शाहले जुम्लाको हिमा गाउँपालिकामा निजी गुठीद्वारा निर्मित सिंचाई पोखरी उद्घाटन गर्नुभयो।
  • कृषि उत्पादनमा योगदान: उक्त पोखरीले सयौं हेक्टर जमिनमा सिंचाई सुविधा पुर्‍याउनेछ, जसले स्याउ, आलु र मार्सी धानजस्ता बालीको उत्पादनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।
  • जुम्लाको विशिष्टता: २,३०० मिटर उचाइमा रहेको जुम्ला विशेष कृषि उत्पादनका लागि उपयुक्त मानिन्छ, र त्यहाँ उत्पादन हुने मार्सी धान अन्तर्राष्ट्रिय बजारमा पनि लोकप्रिय छ।

काठमाडौं –

जुम्लामा पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयेन्द्र शाहले निजी गुठीद्वारा निर्मित सिंचाई पोखरीको उद्घाटन गर्नुभएको छ ।

रोजि राणा—प्रभु शमशेर राणा निजी गुठीद्वारा जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ७ मा निर्माण गरिएको उक्त सिंचाई पोखरीबाट सयौं हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने बताइएको छ । यस पोखरीको निर्माणले जुम्लाका किसानलाई स्याउ, आलु र मार्सी धानजस्ता बाली उत्पादनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

जुम्लाका सांसद ज्ञानबहादुर शाहीले यस सिंचाई आयोजनाले स्थानीय कृषि उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । समुन्द्री सतहबाट २ हजार ३ सय मिटरभन्दा माथि अवस्थित जुम्ला आफ्नो अद्वितीय हावापानीका कारण विशेष कृषि उत्पादनका लागि परिचित छ । जुम्लाको मार्सी धान नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि उच्च मागमा छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस