२०८२ भाद्र २ गते, सोमबार १८:०३

गृहमन्त्री लेखकले गोरखा सैनिकका समस्या समाधान गर्नको लागि नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न लागिएको समेत स्पष्ट पार्नुभयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  एनआरएन नागरिकताका लागि छुट्टै ऐन: गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली (एनआरएन) नागरिकताका लागि छुट्टै ऐन ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो, जसले उनीहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गर्नेछ।
  • गोर्खा सैनिकको नागरिकता मुद्दा: गोर्खा सैनिकको नागरिकता सम्बन्धी समस्या समाधानका लागि नेपाल नागरिकता ऐन, २०६३ संशोधन गरिने तर मुख्य विषय संविधानसँग जोडिएको भएकाले थप बहस आवश्यक रहेको उल्लेख गरियो।
  • गोर्खा सैनिकको माग: गोर्खा सैनिकहरूले बेलायतको नागरिकता पाए पनि नेपालको वंशजको नागरिकता निरन्तरता पाउनुपर्ने माग गरिरहेका छन्, जुन हालसम्म विवादको विषय बनेको छ।

काठमाडौं –

सरकारले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी छुट्टै विधेयक ल्याउने भएको छ ।

मंगलवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले यस्तो जानकारी दिनुभएको हो । उहाँले एनआएन नागरितासम्बन्धी छुट्टै ऐन निर्माण गर्ने र नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने व्यवस्था गरिने बताउनु भयो । परराष्ट्र मन्त्रालयको नेतृत्वमा ऐन निर्माण भइरहेको उहाँको भनाइ छ ।

गृहमन्त्री लेखकले गोरखा सैनिकका समस्या समाधान गर्नको लागि नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न लागिएको समेत स्पष्ट पार्नुभयो । उहाँले गोरखा सैनिकका मागहरुको सन्दर्भमा अझै छलफल र बहस गर्न जरुरी रहेको समेत बताउनु भयो । उहाँले गोरखा सैनिकहरुले उठाउनु भएको माग ऐनसँग नभई संविधानसँग नै सम्बन्धित रहेको समेत उल्लेख गर्नुभयो । उहाँले ऐनकै कारण गोर्खा सैनिकका समस्या समाधान हुनेमा सांसदहरुको बीचमा एकमत नभएको कारण संविधान नै हेर्नुपर्नेमा उहाँको जोड छ ।

गोर्खा सैनिकहरुले बेलायतको नागरिकता पाएपनि नेपालको वंशजको नागरिकतालाई निरन्तरता दिनुपर्ने माग राख्दै आएका छन् ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस