२०८३ असार १० गते, बुधबार १६:४४

काज र रमाना बाँकी कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन स्वास्थ्य मन्त्रालयको निर्देशन, अन्यथा कारबाही

स्वास्थ्यमन्त्री प्रदीप पौडेलको सक्रियतामा मन्त्रालयले काज फिर्ता र रमाना बाँकी कर्मचारीलाई खटाइएको स्थानमा हाजिर हुन पत्राचार गरेको हो।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • तीन दिनभित्र हाजिर आदेश: स्वास्थ्य मन्त्रालयले काजमा रहेका वा सरुवा भएर रमाना नभएका कर्मचारीलाई तीन दिनभित्र तोकिएको स्थानमा हाजिर हुन निर्देशन दिएको छ।
  • कारबाहीको चेतावनी: आदेश नमान्ने कर्मचारी र त्यसलाई कार्यान्वयन नगर्ने कार्यालय प्रमुखलाई तलब–भत्ता असुलसहित विभागीय कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।
  • सचिवस्तरीय निर्णय: यो निर्देशन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको सक्रियतामा जेठ २८ गते सचिवस्तरीय बैठकबाट अनुमोदन गरी जारी गरिएको हो।

काठमाडौँ –

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काजमा रहेका र सरुवा भई रमाना हुन बाँकी कर्मचारीलाई तीन दिनभित्र खटाइएको स्थानमा हाजिर हुन निर्देशन दिएको छ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलको सक्रियतामा मन्त्रालयले काज फिर्ता र रमाना बाँकी कर्मचारीलाई खटाइएको स्थानमा हाजिर हुन पत्राचार गरेको हो। मन्त्रालयले यो निर्णय कार्यान्वयन नगर्ने कार्यालय प्रमुखबाट काज र रमाना बाँकी कर्मचारीले लिएको तलब–भत्ता र सुविधा असुल गरी विभागीय कारबाही गर्ने चेतावनी दिएको छ।

स्वास्थ्य सेवामा दरबन्दी बाहिर काजमा बस्ने प्रवृत्तिका कारण सरुवा भएका कर्मचारीलाई हाजिर गराउन समस्या भएको गुनासो बढेपछि मन्त्रालयले यो कदम चालेको हो। पत्रमा भनिएको छ, “काजमा कार्यरत र सरुवा भई रमाना हुन बाँकी कर्मचारीलाई तीन दिनभित्र हाजिर गराई पदस्थापन गर्न र सोको जानकारी मन्त्रालयलाई दिनुहोस्। अन्यथा तलब–भत्ता असुल गरी कारबाही हुनेछ।”

यो निर्णय २०८२ जेठ २८ गतेको सचिवस्तरको बैठकबाट अनुमोदन भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

चालु आवको तुलनामा वीरगन्जले ल्यायो ७३ करोड बढी बजेट, स्वास्थ्य, शिक्षा, पूर्वाधारदेखि वातावरण संरक्षणमा जोड

वीरगन्ज- मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष

चालु आवको तुलनामा वीरगन्जले ल्यायो ७३ करोड बढी बजेट, स्वास्थ्य, शिक्षा, पूर्वाधारदेखि वातावरण संरक्षणमा जोड

वीरगन्ज- मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष

पोडकास्ट सुन्नुहोस