गर्मी नघटेपछि महानगरले शनिबार सूचना जारी गरी बिदा अवधि बढाएको हो।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
वीरगन्ज–
तराई–मधेसमा अत्यधिक गर्मी बढेर जनजीवन प्रभावित भएपछि वीरगन्ज महानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरूमा असार १ देखि ६ गतेसम्म गर्मी बिदा थप गरेको छ।

यसअघि जेठ २९ र ३० गते दुई दिन बिदा दिइए पनि गर्मी नघटेपछि महानगरले शनिबार सूचना जारी गरी बिदा अवधि बढाएको हो। शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले जारी सूचनामा अत्यधिक गर्मीले विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले वर्षे बिदा मिलान गरी ६ दिन विद्यालय बन्द गरिएको उल्लेख छ।
पर्सा, बारा लगायतका जिल्लामा तापक्रम ४१ डिग्री सेल्सियससम्म पुग्दा स्थानीयको दैनिकी कष्टकर भएको छ।